नेपालमा बिहीबार कोभिड-१९ का कारण १४ जनाको मृत्यु

नेपालमा बिहीबार कोभिड-१९ का कारण १४ जनाको मृत्यु


नेपालमा बिहीबार थप ३ हजार १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप १ हजार ५०९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २४९, भक्तपुरमा ७७ र ललितपुरमा १८३ जना संक्रमित थपिएका हुन् ।

यस्तै, गत २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार २६ पीसीआर तथा २ हजार ५७९ एन्टिजेन परीक्षण भएको र ८ हजार ७२३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ६३ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन्।