नेपालमा थपिए १,७१४ संक्रमित, थप नौ जनाको मृत्यु

नेपालमा थपिए १,७१४ संक्रमित, थप नौ जनाको मृत्यु


ओरालो लाग्दै सङ्क्रमण

पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण ओरालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज शनिबार ८,५३१ नमूना परीक्षण गर्दा १,७१४ मा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आज ८ हजार ५ सय १३ स्वाब परीक्षण गर्दा १ हजार ७ सय १४ संक्रमित थपिएका हुन् । शुक्रबार ११ हजार ७३ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ५ सय २६ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नौ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा ११ हजार ८०३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टा अवधिमा ४ हजार ७ सय ७१ जना संक्रमण मुक्त भएका छन् भने आज थपिएकासँगै देशभर ५२ हजार ७ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।