जापानमा एकैदिन १ लाख ९ सय ४९ जनामा संक्रमण, ११६ जनाको मृत्यु

जापानमा एकैदिन १ लाख ९ सय ४९ जनामा संक्रमण, ११६ जनाको मृत्यु


  • जापान प्रतिनिधि, टोकियो (जापान)

शनिबार (५ फेब्रुअरी) का दिन जापानमा एकैदिन १ लाख ९ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उच्च संक्रमण पुष्टिसँगै पछिल्ला केही महिनायताकै धेरै कोरोना संक्रमितहरुको आज मृत्यु भएको छ । साँझ ७ः३० बजेसम्मको अपडेटअनुसार ओसाकामा २३ जना, आईची र टोकियोमा १०–१० जना,ह्योगोमा ८ जना, फुकुओका र सिजुओकामा ६–६ जना, होक्काईदो र खानागावामा ५–५ जना, मिए, चिबा र नागानोमा ४–४ जना, ओकायामा र हिरोशिमामा ३–३ जनासहित अन्य विभिन्न प्रान्तहरुमा गरि ११६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

जापानमा हालसम्म ३२ लाख २६ हजार २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २३ लाख १५ हजार १ सय ८६ जनाले स्वास्थ्यलाभ गरेका छन् भने १९ हजार २ सय ८८ जनाको मृत्यु भएको छ ।

आज, ४७ प्रान्तहरुमध्ये जापानको राजधानी टोकियोमा सबैभन्दा धेरै २१ हजार १ सय २२ जना र सिमाने प्रान्तमा सबैभन्दा थेरै ५३ जनामा संक्रमण पुष्टि भएको हो ।