file photo
प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड केहीबेर अघि बालुवाटार पुगेका हुन् ।
निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक बालुवाटार प्रवेश गरेका हुन् ।
तीन दलका तीन शीर्ष नेताहरुबीच पछिल्लो समसामयिक राजनीतिका साथै मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारेमा छलफल हुने बुझिएको छ ।
प्रतिक्रिया