नेपालमा सोमबार १,५७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा देशभर ७,८७४ जनाको पीसीआर र ३,४९१ जनाको एन्टीजेन परिक्षण गरिएको थियो ।
कूल ११,३६५ जनाको स्वास्थ्य परिक्षण गर्दा १,५७० जनामा कोरोना संक्रमण पाइएको हो ।
बितेको चौबिस घण्टामा देशभर ६,१४६ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४०,१११ रहेको छ ।
प्रतिक्रिया