राप्रपाबाट अलग्गिए कमल थापा

राप्रपाबाट अलग्गिए कमल थापा


राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । मंगलबार। हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।

‘अत्यन्तै भारी मन तथा पीडावोधका साथ मैले राप्रपाबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए तापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ’, थापाले पत्रकार सम्मेलनमा भने ।

पार्टीअध्यक्ष राजेन्द्र लिङ्देनसँग पछिल्लो पटक भएको छलफललगत्तै थापाले पार्टी छोड्ने निर्णय लिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । राप्रपा सुत्रका अनुसार पार्टीबाट अलग्गिएर कुनै अर्को बाटो समात्नका लागि थापाले बहाना खोजिरहेका थिए । अध्यक्ष लिङ्देनसँगको छलफल फलदायी नभएको बहानामा पार्टी परित्याग गरेका थापाले छिट्टै अर्को दलमा प्रवेश गर्ने या नयाँ पार्टीको घोषणा गर्ने कदम चाल्ने सुत्रको दाबी छ ।