प्रतिनिधिसभा बैठक ६ दिनका लागि स्थगित

प्रतिनिधिसभा बैठक ६ दिनका लागि स्थगित


प्रतिनिधि सभाको बैठक फेरि स्थगित गरिएको छ । भोलि बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयका अनुसार बैठक स्थगित भएको हो । सरकारको आग्रहमा भोलिका लागि तय भएको बैठक ६ दिनका लागि स्थगित गरिएको जनाइएको छ ।

संसद् सचिवालयले भोलिको बैठको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बस्ने तयारी हुँदा बैठक सारेको हो । भोलिका लागि सार्वजनिक सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता समावेश भएको थिएन ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदमा टेबुल गर्ने पक्षमा रहेका छन् भने गठबन्धन दलहरुबीच सहमति हुन सकेको छैन ।