मलेशियामा सडक दुर्घटना हुँदा नेपाली युवकको मृत्यु

मलेशियामा सडक दुर्घटना हुँदा नेपाली युवकको मृत्यु


वैदेशिक रोजगारीका लागि मलेशियाको जोहार बरुमा रहेका कन्चनपुर शुक्लाफाँटा नगरपालिका–१२ दुवाहाका राजेन्द्रबहादुर चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार रहेको अवस्थामा दश दिनअघि दुर्घटनामा परेर २५ वर्षीय चौधरीको मृत्यु भएको हो । मृतकको शव जोहारको अस्पतालमा राखिएको बताइएको छ ।

चौधरी मलेशियाको मेट्रोनिक इन्डस्ट्रिज एसडिएम डिएसडी जोहार बरुमा ६ वर्षदेखि कार्यरत थिए । उनी अविवाहित थिए ।

चौधरीको शव नेपाल ल्याउनका लागि मलेशिया काममा पठाउने दिपप्रोटेड मेनपावर कम्पनी, श्रमविभाग र राजदूतावासमा पहल भइरहेको छ ।