राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वकोषाध्यक्ष उद्धव पौडेलले पार्टी परित्यागको घोषणा गरेका छन् । पूर्वअध्यक्ष कमल थापाले राप्रपा परित्याग गरेको भोलिपल्ट पौडेलले पनि पार्टी छाडेका हुन् ।
आफूले राप्रपालाई एकताद्ध बनाउन प्रयास गरेको भए पनि सफल हुन नसकेकोमा आफू दुःखी र भावुक भएको उनले उल्लेख गरेका छन् ।
समाजिक सञ्जालमा पौडेलले लेखेका छन्, ‘राप्रपालाई एकताबद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुःखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैब अविष्मरणिय रहेछ। आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु । सबैलाई शुभकामनासहित धन्यवाद ब्यक्त गर्दै बिदा हुन्छु। जय होस् !’
अध्यक्ष हुँदा थापाले पौडेललाई राप्रपाको कोषाध्यक्षमा नियुक्त गरेका थिए । तर, महाधिवेशनमा जित हात पारेका राजेन्द्र लिङ्गदेनले चुनावी प्रतिस्पर्धा नगरेका पौडेललाई कार्यसमितिमा मनोनियत गरेका थिएनन् ।
प्रतिक्रिया