राप्रपा परित्याग गरेका कमल थापाले आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने कसरत तीव्र तुल्याएका छन् । बिहीबार राजधानीमा बसेको बसेको थापा समूहको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो ।
थापानिकटका व्यक्तिहरुको बैठकले चाँडै दल दर्ता गर्न थापालाई जिम्मेवारी दिएको उनीका विशेष निकट राजाराम बर्तौलाले जानकारी दिए । हिन्दुत्व, सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर दल दर्ता गर्न नेता थापालाई जिम्मेवारी दिइएको बताइएको छ ।
राप्रपाको महाधिवेशनअघि सार्वजनिक सभामा गीता छोएर कमल थापाले आफूले कहिल्यै पार्टी नफुटाउने कसम खाएका थिए । फागुन पहिलो साताभित्र दल दर्ता गरिसक्ने गरी थापा समूहले तयारी थालेको बुझिएको छ ।
बैठकमा थापाले पार्टीको नाम र चुनाव चिह्न प्रस्ताव गर्न आग्रह गरेकोमा ‘राष्ट्रिय एकता पार्टी नेपाल’ नाम राख्नुपर्नेमा जोड दिइएको बताइएको छ ।
प्रतिक्रिया