यी हुन् कांग्रस बैठकमा छलफल भएका नौ प्रस्ताव

यी हुन् कांग्रस बैठकमा छलफल भएका नौ प्रस्ताव


नेपाली कांग्रेसको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्थानीय निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय स्वागत गर्दै सम्पूर्ण एकता र सक्रियताका साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका अनुसार यसका लागि दुई वटा समिति गठन गरिएको छ । स्थानीय निर्वाचन मूल तयारी समिति–संयोजक, घोषणा पत्र तयारी समिति-संयोजक लगायत समितिहरु गठन गरिएको जानकारी दिइएको छ ।

बिहीबारको बैठकमा विभिन्न ९ वटा प्रस्तावमाथि छलफल भएको कांग्रेसले जनाएको छ । यी हुन् कांग्रेस बैठकमा छलफल भएका ९ प्रस्ताव :

१) स्थानीय चुनाव तयारीसम्बन्धी प्रस्ताव स्थानीय निर्वाचन बैशाख ३० मा गर्ने सरकारको निर्णय स्वागत गर्दै यो बैठक सम्पूर्ण एकता र सम्पूर्ण सक्रियता साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गर्दछ । त्यस क्रममा निम्नानुसारका समितिहरु गठन गरिएको छ-

  • स्थानीय निर्वाचन मुल तयारी समिति – संयोजक
  • घोषणापत्र तयारी समिति – संयोजक लगायत समितिहरु निम्नानुसार गठन गरिएको छ।

२) संगठन सुदृढीकरण एवं निर्वाचन तयारी केन्द्रित राष्ट्रव्यापी अभियान अघि बढाउने सम्बन्धमा ।

३) सभापति पद रिक्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा अन्य भातृ एवं शुभेच्छुक संस्थालाई गतिशील तुल्याउने सम्बन्धमा ।

४) विभिन्न भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृत गर्ने सम्बन्धमा ।

५) केहि नयाँ भ्रातृ एवं शुभेच्छक संस्थालाई मान्यता प्रदान गर्ने सम्बन्धमा ।

६) १४औँ महाधिवेशनपश्चात् निश्चित गर्ने गरी अधिवेशन क्रममा थाति राखिएका कृयाशील सदस्यहरुको व्यवस्थापन सम्बन्धमा ।

७) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा ।

८) केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा ।

९) बाँकी जिल्ला (क्षेत्र र पालिका समेतको) अधिवेशनको नयाँ मिति घोषणा गर्न केन्द्रीय निर्वाचन समितिलाई आग्रह गर्ने सम्बन्धमा ।