पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुल्सीपुरमा एक दिन बजार बन्द गरिने भएको छ । मृत्यु भएका पाँच जना मजदुरको शोकमा उद्योग बाणिज्य संघको आग्रहमा तुल्सीपुर बजार बन्द गर्न लागिएको हो ।
दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको थियो । बिहीबार राति करिब पौने २ बजेदेखि लागेको आगो शुक्रबार बिहान मात्र नियन्त्रणमा आएको हो । चार तले घरमा आगलागी हुँदा चार बालबालिकासहित पाँच जनाको निसास्सिएर मृत्यु भएको हो ।
प्रतिक्रिया