एक सयले बढ्यो सुनको मूल्य

एक सयले बढ्यो सुनको मूल्य


नेपाली बजारमा सुनको भाउ शुक्रबार एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन तोलाको ९३ हजार नौ सय रुपैयाँ कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार तेजावी सुनको भाउ तोलाको ९३ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । बिहीबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।