कुर्था-जनकपुर-जयनगर रेल सेवा आइतबारदेखि सञ्चालन हुने

कुर्था-जनकपुर-जयनगर रेल सेवा आइतबारदेखि सञ्चालन हुने


लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको कुर्था-जनकपुर-जयनगर रेल सेवा सञ्चालन हुने भएको छ ।

रेल सञ्चालनको समय पटक-पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर-विजलपुर-बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर-कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।

महाप्रन्धक झाले अब रेल सञ्चालनमा कुनै अवरोध नहुने गरी आइतबारदेखि रेल सञ्चालन हुने दाबी गरे । रेल्वे सेवा नियमित सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले रेल ट्रक नजिक रहेका हाट बजारहरू समेत खालि गराइसकेको छ । आइतबारदेखि नियमित रूपमा दैनिक एक पटक कुर्था-जयनगरसम्म रेल ओहोरदोहोर गरिने उनले बताए ।

‘आइतबार (१ फागुन)देखि रेल सेवा नियमित रूपमा सञ्चालन हुन्छ’, महाप्रबन्धक झाले भने, ‘तर, तत्काल हामी बिनायात्रुको रेल सञ्चालन गर्छौं, हप्ता-दश दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा सञ्चालन गर्छौं ।’

रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको महाप्रबन्धक झाले बताए । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिइ तयार गरिसकेको महाप्रबन्धक उनले जानकारी दिए ।

विगतमा चोरी भएका रेल्वे ट्रयाकको क्लिपहरू लगाइसकेको र एलबी भवन गेटसमेत मर्मत सम्भार भइसकेको महाप्रबन्धक झाले बताए । ५ कार्तिकमा भारतीय पक्षले रेल सञ्चालनका लागि आवश्यक रेल ट्रयाक, हल्ट, स्टेसन, कर्मचारीको लागि अवाससहितका भौतिक संरचना नेपाल सरकारलाई जिम्मा लगाएकोमा त्यसका केही काम रहेकोले त्यो काम पनि भारतीय पक्षले गरिसकेको महाप्रबन्धक झाले बताए ।

नेपाल सरकारले बोगिसहितको दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । खरिद गरिएका रेल लामो समयदेखि धनुषाको स्टेसनमा त्रिपालमुनि छोपिएर राखिएको थियो । रेल्वेको सुरक्षा भने सशस्त्र प्रहरी नेपाललाई दिइएको छ ।

यसैबीच, नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगरसम्मको जनरल ७० र एसीमा ३ सय रुपैयाँ भाडा तोकेको छ । कुर्थादेखि जयनगर सम्म ५ स्टेसन र ३ वटा हल्ट रहेको छ । रेल्वेको टिकट स्टेसन र हल्ट दुवै स्थानमा उपलब्ध हुने महाप्रबन्धक झाले बताए ।

काँचुली फेर्दै नेपाल रेल

भारतीय ब्रिटिस शासकले विक्रम सम्वत १९९४ मा महोत्तरीको जगंगलबाट काठ ढुवानीको लागि ५२ किलोमिटर रेल्वे सञ्चालन गरेको थियो । पछि ती रेललाई नेपाल सरकारको जिम्मेवारी दिइएको थियो । नेपाल सरकारले ती रेलमा यात्रुको लागि सञ्चालन गर्न थाले । २०५९ सालमा महोत्तरीको विग्ही नदीमा आएको बाढीले जीर्ण अवस्थामा रहेको विग्ही नदीको पुल भत्किएपछि जनकपुर जयनगर २९ किलोमिटरमा उक्त सेवा समिति हुन पुगे ।

मर्मत-सम्भारको अभाव र राजनीति दलहरुले कार्यकर्ता भरपोषणको केन्द्र बनाएको रेलमा विस्तार विस्तारै बन्द नै अवस्थामा पुगेका थिए ।

पटक-पटक लिक छोडने तथा दुर्घटनामा पर्ने न्यारोगेज सेवालाई ब्रोडग्रेज सेवामा स्तरोन्नती गर्न भारत सरकारसँग आग्रह गरिएको थियो । २०७१ साल माघ देखि उक्त सेवाइ पुर्ण रुपमा ठप्प गरि स्तरोन्नतिको काम हुँदै आएको छ ।

सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर-विजलपुर-बर्दिवास रेल सेवा संचालनको लागि सहमति भएको थियो । नेपाल सरकारले जग्गा उपलब्ध गराउने र निर्माणसम्बन्धी सम्पुर्ण जस्तै ट्रायक निर्माण, स्टेशन भवन, हल्ट, पुलपुलेस, खानेपानी, विद्युत् लगायतका सम्पुर्ण काम भारत सरकारले गर्ने सहमति भएको छ । ब्रोडगेज निर्माणको जिम्मेवारी भारत सरकारको रेल कम्पनी इरकन इन्टरनेशनल लिमिटेडले पाएको छ ।

कुर्थादेखि बिजलपुरासम्मको ९० प्रतिशत काम सम्पन्न भइरहेको बताउँदै ओझाले भने, ‘जयनगर कुर्था रेल सेवा संचालन भएपछि त्यसको केही महिनामै बिजलपुरासम्म पनि रेल चलाउन सकिन्छ । किनकि कुर्थादेखि बिजलपुरासम्मको ट्रयाक निर्माण, स्टेशन, हल्ट निर्माण रुपमा भइसकको छ ।’

जयनगरदेखि कुर्थासम्म ३५ किलोमटिर यात्रा गर्न दुईदेखि तीन घण्टा लाग्ने रेललाई ब्रोडगेज सेवा सुरु भए पनि १ घण्टामा उक्त दूरी तय गरिने इन्जिनियर ओझाले बताए । ‘न्यारोगेज रेल सेवा सञ्चालन हुँदा बढीमा एक पटकमा एक हजार यात्रु आवतजावत गर्न सकिन्थ्यो’, उनले भने, ‘ब्रोडगेज सेवा सुरु भएपछि १३ सय यात्रु पहिलेकै अवस्थामा र बोगि (डब्बा) थप गरेर त्यसो भन्दा बढी यात्रीलाई चढाउन सकिन्छ ।’

नयाँ मोडेलका आधुनिक रेल

डिजेल इलेक्ट्रिक मल्टिपल युनिट डिजेल र विद्युत दुवैबाट चल्ने यी दुवै विश्वमै नयाँ मोडेलका रेलको रुपमा तयार गरिएको निर्माण कमपनीले दाबी गरेको छ । डिपिसि १९०१ र डिपिसि १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका हुन् ।

प्रतिघण्टा ११० किलो मिटरको स्पीडमा चल्ने सक्ने रेल एक पटकमा १ हजार ३ सयसम्म यात्रीले यात्रा गर्न सक्छन् । एउटै इन्जिन भए पनि दुवैतर्फबाट चलाउन सकिने रेलको एउट बोगिमा ७० वटा सिट रहेको छ ।

२० मिटर लामो रेलको इन्जिनबाहेक एक एसी र २ जनरल बोगि रहेको छ । प्रतिकिलोमिटर २ लिटर डिजेल खर्च हुने रेलमा आवश्यकताअनुसार थप ४ वटा बोगिसम्म जोड्न सकिने निर्माण कम्पनीको दाबी छ । नेपाललाई लक्षित गरि बनाइएको रेल भारतमा सञ्चालनमा रहेको अन्य रेलभन्दा फरक रहेको निर्माण कम्पनीका मेकानिकल इन्जिनियर दिपक त्रिपाठीले बताए ।

यो दुवै रेल अन्य रेलभन्दा फरक र आकर्षक मोडेलका रहेको उल्लेख गर्दै त्रिपाठीले भने, ‘यसको स्पीड, लोड बोक्ने क्षमता धेरै राम्रो छ, नेपालका लागि हामीले स्पेशल डिजाइन गरेका छौँ ।’ रेलका बोडिङहरुको यात्रीहरुले आफुसँग ल्याउने झोला (ब्याग)हरु राख्ने स्थान बनाइएको छ भने प्रत्येक बोगिमा शौचालयको व्यवस्था गरिएको छ । एसीबाहेक अन्य जेनरेल बोगिमा ठाउँ-ठाउँमा पंखा लगाइएको छ ।

नेपाल सरकारले खरिद गरेको रेल यात्रुबाहक रेल रहेको रहेको भन्दै उनले भने, ‘यसमा माल ओसारपसार गर्न मिल्दैन, यो पुर्णत: यात्रु ओसारपसारको उद्देश्यले निर्माण गरिएको छ ।’ नेपाल सरकारको आग्रहमा कम्पनीले रेललाई नेपालकै झण्डाको रङमा पेन्ट गरिएकोले रेलको आकर्षणलाई झन् बढाएको उनले बताए ।

काँचुली फेर्दै नेपाल रेल

भारतीय ब्रिटिस शासकले वि.सं. १९९४ मा महोत्तरीको जंगलबाट काठ ढुवानीको लागि ५२ किलोमिटर रेल्वे सञ्चालन गरेको थियो । पछि ती रेललाई नेपाल सरकारको जिम्मेवारी दिइएको थियो । नेपाल सरकारले ती रेलमा यात्रुको लागि सञ्चालन गर्न थाले । २०५९ सालमा महोत्तरीको विग्ही नदीमा आएको बाढीले जीर्ण अवस्थामा रहेको विग्ही नदीको पुल भत्किएपछि जनकपुर जयनगर २९ किलोमिटरमा उक्त सेवा सीमित हुन पुग्यो ।

मर्मत सम्भारको अभाव र राजनीतिक दलहरूले कार्यकर्ता भरपोषणको केन्द्र बनाएको रेल बिस्तारै बन्द अवस्थामा पुगेको थियो ।

पटक-पटक लिक छोड्ने तथा दुर्घटनामा पर्ने न्यारोगेज सेवालाई ब्रोडग्रेज सेवामा स्तरोन्नति गर्न भारत सरकारसँग आग्रह गरिएको थियो । २०७१ साल माघदेखि उक्त सेवालाई पूर्ण रूपमा ठप्प गरी स्तरोन्नतिको काम हुँदै आएको छ ।

सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर-विजलपुर-बर्दिबास रेल सेवा सञ्चालनको लागि सहमति भएको थियो । नेपाल सरकारले जग्गा उपलब्ध गराउने र निर्माणसम्बन्धी सम्पूर्ण जस्तै- ट्रयाक निर्माण, स्टेसन भवन, हल्ट, पुलपुलेस, खानेपानी, विद्युतीय लगायतका सम्पूर्ण काम भारत सरकारले गर्ने सहमति भएको छ । ब्रोडगेज निर्माणको जिम्मेवारी भारत सरकारको रेल कम्पनी इरकन इन्टरनेशनल लिमिटेडले पाएको छ ।

कुर्थादेखि बिजलपुरा सम्मको ९० प्रतिशत काम सम्पन्न भइरहेको बताउँदै ओझाले भने, ‘जयनगर कुर्था रेल सेवा सञ्चालन भएपछि त्यसको केही महिनामै बिजलपुरासम्म पनि रेल चलाउन सकिन्छ । कारण कुर्थादेखि बिजलपुरासम्मको ट्र्याक निर्माण, स्टेसन, हल्ट निर्माण रूपमा भइसकेको छ ।’

जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर यात्रा गर्न दुईदेखि तीन घण्टा लाग्ने रेलाई ब्रोडगेज सेवा सुरु भए पनि एक घण्टामा उक्त दूरी तय गरिने इन्जिनियर ओझाले बताए । ‘न्यारोगेज रेल सेवा सञ्चालन हुँदा बढीमा एक पटकमा एक हजार यात्रु आवतजावत गर्न सकिन्थ्यो’, उनले भने, ‘ब्रोडगेज सेवा सुरु भएपछि १३ सय यात्रु अहिलै कै अवस्थामा र बोगि (डब्बा) थप गरेर त्यसो भन्दा बढी यात्रीलाई चढाउन सकिन्छ ।’