शुक्रबार सर्वोच्च अदालतलको ‘फुलकोर्ट’ बस्ने

शुक्रबार सर्वोच्च अदालतलको ‘फुलकोर्ट’ बस्ने



सर्वोच्च अदालतलको फुलकोर्ट आह्वान गरिएको छ । सोमबार बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकले कायममुकाम प्रधानन्यायाधीश दीपकुमार कार्कीको आग्रहमा शुक्रबार औपचारिक रुपमा फुलकोर्ट बोलाउने निर्णय गरेको हो ।

बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोगलगायत, अदालत सञ्चालन, अदालत सुधारलगायका विषयमा छलफल भएको बताइएको छ ।

सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध आकस्मिक रुपमा महाभियोग प्रस्ताव दर्ता गराएपछि प्रधानन्यायाधीश संविधानतः निलम्बित भएका छन् ।

राणा निलम्बित भएसँगै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी हासिल भएको छ ।