आगामी वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तह निर्वाचन रोक्न मागसहित परेको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको छ ।
वैशाख ३० गते आफ्नो ५ वर्षे कार्यकाल पूरा नहुने भन्दै महोत्तरीको भंगाहा नगरपालिका मेयर सञ्जिवकुमार साहले दिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले बुधबार आदेश दिएको हो । यसका साथै यही प्रकृतिका अन्य रिट भए पनि दर्ता गर्न आग्रह गरिएको छ ।
ज्ञातव्य छ, यसअघि साहको यही रिट सर्वोच्च अदालतले दरपीठ गरेको थियो । सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले माघ २६ गते आदेश जारी गर्दै ‘स्थानीय तह निर्वाचन ऐनबमोजिम अलग-अलग मितिमा सम्पन्न भएको निर्वाचन पहिला चरणमा भएको मितिमा सम्पन्न भएको मानिने भएकाले निवेदकको दाबी आधारहीन भएकोले दरपीठ गरिएको’ जनाएका थिए ।
हेर्नुहोस् माघ २६ को आदेश-

प्रतिक्रिया