रहश्यमयी सम्बन्धमा कम्युनिष्ट नेताहरू, प्रचण्डमाथि ‘क्रिष’को पनि दबाब !

रहश्यमयी सम्बन्धमा कम्युनिष्ट नेताहरू, प्रचण्डमाथि ‘क्रिष’को पनि दबाब !


प्रचण्डलाई एमसीसीको पक्षमा उभ्याउन क्रिषले ठोस प्रयास गरिरहेको बुझिएको छ । क्रिष तिनै व्यक्ति हुन् जसले प्रचण्डलाई अमेरिका जान खास सहयोग पुऱ्याएका थिए । प्रचण्डविरुद्धको रेडकर्नर नोटिस निष्कृय तुल्याउन पनि निजकै विशेष भूमिका रहेको थियो ।

नेपालका कम्युनिष्ट नेताहरू कुरामा क्रान्तिकारी भए पनि व्यवहारमा भिन्न दखिनुको मूल कारण उनीहरूको बहुआयामिक र रहश्यमयी भूमिका भएको पाइएको छ । आइएनजीओ तथा एनजीओहरूको घेराबन्दीमा रहेकोले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चाहेर पनि राष्ट्रियताका पक्षमा परिणामदायी कार्य गर्न सक्ने अवस्थामा नरहनुभएको बुझिन्छ । गैह्रजातिवाद, राष्ट्रियता, राष्ट्रिय एकता, धर्मसापेक्षता र प्रदेश खारेजीको पक्षमा केपी ओली रहनुभएका ओलीले विधान अधिवेशन (२०७८ मङ्सिरमा सम्पन्न) मार्फत पार्टीमा ब्यापक परिवर्तन ल्याउने योजना बनाउनुभएको थियो । तर पश्चिमी कित्ताका सुवास नेम्वाङ, युवराज खतिवडा, राजन भट्टराई, विष्णु रिमाल र शङ्कर पोखरेललगायतले केपीको इच्छा र योजना पूरा हुन दिएनन्, दिइरहेका छैनन् ।

राष्ट्रवादी नेताको छवि बनाउनुभएका केपी शर्मा ओलीको रहश्यमयी अमेरिकी नागरिकसँगको सम्पर्कलाई पनि जानकारहरूले अर्थपूर्ण मानेका छन् । यति एयरलाइन्सका तत्कालिक मालिक आङछिरिङ लामा (स्वर्गीय) मार्फत केपीसमक्ष पुगेका क्रिष जग्लर नामक व्यक्तिसँगको सम्पर्क र सम्बन्धलाई निकटवर्तीहरूले अर्थपूर्ण मानेका हुन् ।

ललितपुरको धोवीघाट (चक्रपथ) बाट ठाडो ढुङ्गातर्फ प्रस्थान गर्ने बाटोको मुखैमा रु. पाँच लाख मासिक घरभाडा तिरेर दुई अलग नामका गैह्रसरकारी संस्थाको साइनबोर्ड राखि त्यहिँबाट आफ्ना गतिविधि सञ्चालन गर्ने क्रिष खास-खास समयमा मात्र नेपाल आउने गर्दछन् । उनी नेपालमा रहँदा प्रचण्ड, माधव र शेरबहादुर देउवालगायतका नेताहरूसँग बारम्बार भेट गर्ने गर्दछन् । क्रिषको एमालेका युवराज खतिवडासँग पनि विशेष सम्बन्ध रहेको छ । यसपटक एमसीसी प्रकरण उत्कर्षमा पुगेसँगै जिग्लर नेपाल आएर झम्सिखेल (ललितपुर) स्थित भिवान्त होटेलमा लामो समयदेखि बसिरहे । उनले गत माघ २३ र २८ गते बिहान ६ः३० बजे माओवादी अध्यक्ष प्रचण्डसँग गुप्त भेट गरेका थिए । क्रिषले प्रचण्डका विवादास्पद ‘घरपति’ शारदाप्रसाद अधिकारीसँग घनिष्ट सम्बन्ध बनाएका छन् ।

प्रचण्डलाई एमसीसीको पक्षमा उभ्याउन क्रिषले ठोस प्रयास गरिरहेको बुझिएको छ । क्रिष तिनै व्यक्ति हुन् जसले प्रचण्डलाई अमेरिका जान खास सहयोग पुऱ्याएका थिए । प्रचण्डविरुद्धको रेडकर्नर नोटिस निष्कृय तुल्याउन पनि निजकै विशेष भूमिका रहेको थियो । स्मरणीय छ, करिब तीन वर्षअघि प्रचण्डले आफ्नी पत्नीको उपचारको बहाना बनाएर अमेरिकी धर्तीमा पाइला टेक्ने इच्छा पूरा गरेका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तस्बिर खिचाउने प्रचण्डको इच्छा भने त्यसबेला पूरा हुन सकेको थिएन । आतङ्ककारीको बिल्ला लागेका व्यक्तिसँग तस्बिर खिचाउनु उपयुक्त नहुने ठहर गरेर नै त्यसबेला प्रचण्डसँग तस्बिर लिने कार्य नभएको बताइन्छ ।

क्रिष जिग्लर विश्व-राजनीतिमा अमेरिकी नीति र ब्यवहारबारे अग्रिम जानकारी राख्दछन् र, उनी सीआइएका निम्ति काम गर्ने व्यक्ति भएको टिप्पणी नेपालस्थित उनकै कार्यालयसम्वद्ध कर्मचारीहरूले समेत गर्ने गरेका छन् । यस्तो रहश्यमयी व्यक्तिसँग आरजु राणा र शेरबहादुर देउवाहरूको सम्बन्ध हुनुलाई सामान्य मानिए पनि प्रचण्ड र केपी ओलीसँगको सम्बन्ध-सम्पर्कलाई भने असामान्य मानिएको छ ।