file photo
सत्तारुढ गठबन्धनको दिउँसो तीन बजे बस्ने भनिएको बैठक सरेको छ । दिउँसो दुई बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएपछि सत्तारुढ गठबन्धनको बैठक पाँच बजेलाई सारिएको हो ।
सत्तारुढ गठबन्धनको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शिर्ष नेताहरु उपस्थित हुनेछन् ।
अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनबीच मतभिन्नता बढेपछि बैठक बोलाइएको हो ।
एमसीसीका विषयमा सत्तारुढ पाँच दलमा कांग्रेस एक्लीएको छ । कांग्रेस एमसीसीलाई अहिलेकै अवस्थामा हुवहु अनुमोदन गर्ने पक्षमा छ भने अन्य चार दल संशोधनसहित अनुमोदन गर्ने अडानमा छन् ।
सरकारले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको थियो तर पछि सत्तारुढ अन्य दलको दबाब आएपछि रोकेको थियो । सोही एमसीसीका विषयमा साझा सहमति खोज्नको लागि आज गठबन्धनको बैठक राखिएको हो ।
एमसीका विषयमा मन्त्रिपरिषद्को बैठकमा गहन छलफल गरेपछि गठबन्धनको बैठक बस्ने सहमति भएको बालुवाटार स्रोत बताउँछ ।
प्रतिक्रिया