एमसीसीबारे बिहीबार साँझसम्म निर्णय गर्ने माधव नेपालको दाबी

एमसीसीबारे बिहीबार साँझसम्म निर्णय गर्ने माधव नेपालको दाबी



नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे बिहीबारै निर्णयमा पुग्ने बताएका छन् ।

बिहीबार अपरान्ह नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटपछि नेता नेपालले एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा बिहीबार ५ बजे निर्णयमा पुग्ने बताएका हुन् । सत्तारुढ दलका गठबन्धनको बैठक बस्नुअगाडि सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको हो ।

बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी पार्टी)का माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए । उनीहरुबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनलगायतका विषयमा परामर्श भएको बताइएको छ ।

गठबन्धनलाई कसरी बचाउने र एमसीसीबारे कसरी निकास दिने भन्नेमा आफूहरु केन्द्रित रहेको बैठकपछि प्रचण्डले जानकारी दिएका छन् भने सञ्चारकर्मीले एमसीसी के गर्नुहुन्छ भन्ने राखेको जिज्ञासामा माधव नेपालले चाहिँ आजै ५ बजे बस्ने गठबन्धनको बैठकमा निर्णयमा निर्णयमा पुगिने दाबी गरेका हुन् ।

सत्तारुढ गठबन्धनको बिहीबार ५ बजे बैठक बस्दैछ ।