नेपालमा बिहीबार ५७० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर पीसीआर विधिबाट ७ हजार २८ र एन्टीजेन विधिबाट २ हजार ७६१ जना गरी कूल ९ हजार ७८९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको जनाएको छ ।
संक्रमणका कारण बितेको चौबिस घण्टामा थप ६ जनाको मृत्यु भएको छ भने एक हजार ९९३ जना संक्रमित निको भएका छन् ।
हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६१६ जना रहेको छ ।
प्रतिक्रिया