एमसीसी मुद्दामा सत्ता-गठबन्धनको बैठक : ‘गम्भीर छलफल भयो तर निचोड निस्किएन, शुक्रबार पुनः बैठक बस्ने’

एमसीसी मुद्दामा सत्ता-गठबन्धनको बैठक : ‘गम्भीर छलफल भयो तर निचोड निस्किएन, शुक्रबार पुनः बैठक बस्ने’


सरकारीनिवास बालुवाटारमा बिहीबार साँझ बसेको सत्ता-गठबन्धनको बैठक कुनै ठोस निश्कर्षबिनै सकिएको छ । एमसीसीका विषयमा ठोस धारणा बनाउन बसेको बैठक कुनै टुंगोमा पुग्न नसकेरै सकिएको हो । निश्कर्षमा पुग्न नसकेपछि बैठक शुक्रबार बिहान १० बजे पुनः बस्ने गरी सकिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

बैठक समाप्तिपछि सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भएको प्रतिक्रिया दिए । गठबन्धनको बैठकमा एमसीसीका विषयमा गम्भीर छलफल भए पनि निश्कर्ष निस्कन नसकेकोले बहस जारी नै रहने र त्यसका लागि भोलि पुनः छलफल हुने उनले जानकारी दिए । प्रवक्ता कार्कीका अनुसार शुक्रबार बिहान १० बजे पुनः बैठक बस्नेछ ।

१६ गतेसम्म एमसीसीलाई निष्कर्षमा पुर्‍याउने गरी छलफल हुने जिकिर गर्दै उनले बैठकमा संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पुर्‍याउने भन्नेबारे छलफल भएको बताए ।