प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्माबीच केपीनिवास बालकोटमा छलफल भएको छ ।
सत्तारूढ गठबन्धनको बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
एमसीसीका विषयमा सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ ।
देउवा र ओलीबीच भएको वार्ताको विस्तृत विवरण आइसकेको छैन । प्रारम्भिक जानकारीअनुसार दुई शीर्ष नेताबीच एमसीसी मामलामा सत्ता गठबन्धनबीच सहमति हुन नसके कांग्रेस र एमालेबीच सहकार्य गर्ने सवालमा छलफल भएको छ ।
प्रतिक्रिया