file photo
गठबन्धनको बैठक आइतबार फेरि बस्ने
सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको बैठकमा एमसीसीबारे सहमति जुट्न सकेन ।
सत्ता गठबन्धनमा आवद्ध दलमा एमसीसीबारे सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको छ ।
गठबन्धनको बैठकमा कुनै सहमति नजुटेपछि शुक्रबार बस्ने प्रतिनिधिसभामा एमसीसी टेबुल नहुने भएको छ । बालुवाटारमा गठबन्धनको बैठकमा भाग लिन जानुअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका उपेन्द्र यादवबीच अलग्गै बैठक भएको थियो ।
गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका प्रचण्ड, एकीकृत समाजवादीका नेपाल, जसपाका यादव उपस्थित थिए । एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर केही दिनदेखि गठबन्धनको बैठक बस्दै आएको छ । तर कुनै सहमति जुट्न सकेको छैन ।
प्रतिक्रिया