नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताएका छन् । यसका लागि आजैदेखि तयारी थाल्न उनले आग्रह गरेका छन् ।
एमालेको जनअदालत माओवादीको जस्तो दुई-चार जनाले चलाउने र तर्साउने नभइ लाखौँ मानिसको सहभागिता हुने अध्यक्ष ओलीले प्रष्ट्याए ।
शनिबार सूर्यविनायक अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले जनताभन्दा माथि कोही नभएको र जनताले दिएको आदेश मान्ने बताए ।
प्रतिक्रिया