एमसीसी पेस भएपछि संसद् बैठक बिहीबारसम्मलाई स्थगित

एमसीसी पेस भएपछि संसद् बैठक बिहीबारसम्मलाई स्थगित


प्रतिनिधिसभाको बैठक आउँदो बिहीबारसम्मका लागि स्थगित गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको विरोधका बीच एमसीसी पेस गरिएको छ ।

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् ।

उनले एमसीसी पेस गरेलगत्तै सभामुख अग्निसापकोटाले भने, ‘प्रतिनिधिसभाको अर्को बैठक २०७८ फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।’

एमसीसी पेश गरिँदा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले अवरोध कायमै राखेको थिए भन् सांसदहरु देव गुरुङ, भीम रावल, प्रेम सुवाल र दुर्गा पौडेलले एमसीसीको विरोधमा बोलेका थिए ।