बैतडीमा टिप्पर दुर्घटना, तीन जनाको मृत्यु पाँच जना घाइते

बैतडीमा टिप्पर दुर्घटना, तीन जनाको मृत्यु पाँच जना घाइते


  • सुरेश धामी

बैतडीमा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ३ गरुडामा विद्यार्थी सवार टिप्पर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

मृत्यु हुनेमा पाटन नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु बिष्ट र १७ वर्षीय ललित अवस्थीको मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए । उनका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा १२ वर्षीय राजेश पन्त, १२ वर्षकै सुनिल भट्ट, १२ वर्षीय अमित बिष्ट र १३ वर्षीय सुदिप पन्त घाइते भएका छन् ।

निर्माण व्यवसायीको टिप्परमा चढेर सिगास माबिका विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको हो । टिप्परमा २५ जना सवार रहेको स्थानियले बताएका छन् ।

टिप्पर सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी टोली खटिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घटनाबारे अझै थप विवरण आउन बाँकी रहेको छ ।