बालुवाटार बैठक सकियो, एमाले नेताहरु बाहिरए

बालुवाटार बैठक सकियो, एमाले नेताहरु बाहिरए


  • तस्बिर रासस

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि बालुवाटार पुगेका प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु बाहिरिएका छन् ।

मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष ओलीसहितका नेताहरु करिब २ घण्टाको बसाइपछि बाहिरिएका हुन् ।

अध्यक्ष ओलीसँगै एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल वार्तामा सहभागी थिए ।

नेताहरुबीच एमसीसी सम्झौता र सत्ता साझेदारिता लगायतको विषयमा छलफल भएको जनाइएको छ । तर नेताहरुले भने केही प्रतिक्रिया दिएका छैनन् ।