गठबन्धन बदलिएपछि सभामुखमा महन्थ

गठबन्धन बदलिएपछि सभामुखमा महन्थ


काङ्ग्रेस र एमालेबीच सहमति बनेको अवस्थामा सभामुखको जिम्मेवारी लोसपा नेता महन्थ ठाकुरले पाउने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले काङ्ग्रेससँग सहकार्य गर्न सभामुख पदबाट अग्नि सापकोटालाई हटाउनुपर्ने, माओवादी र माधव समूहलाई सत्ताच्यूत गर्नुपर्ने र माधव समूहका चौध सांसदलाई एमालेको मागबमोजिम पदच्यूत गर्नुपर्ने जस्ता शर्तहरू राखेका छन् ।

माओवादी र माधव समूहसँगको सहकार्य तोड्नुअघि देउवा उल्लिखित तीन कार्य गर्न तयार हुनुपर्ने हुन्छ । काङ्ग्रेस एमाले र मधेशकेन्द्रीत दलहरू एकतावद्ध भएमा कम्तिमा एक सय असीभन्दा बढी सांसदहरू एकातिर हुनेछन् । जबकि महाभियोग लगाएर सभामुख सापकोटालाई हटाउन १७४ सांसदको समर्थन भए पुग्छ ।

कदाचित एमाले र काङ्ग्रेसबीच सहमति बन्यो र, सभामुख सापकोटाविरुद्ध महाभियोग लागेर उनी पदच्युत भए भने सापकोटाको ठाउँमा महन्थ ठाकुरको चयन हुने निश्चित मानिएको छ । सभामुखको जिम्मेवारी प्राप्त भएमा महन्थले सबैभन्दा पहिले माधव समूहका चौध सांसदहरू पदमूक्त भएको घोषणा गर्नुपर्ने छ ।