माधवका मन्त्री एमसीसीका पक्षमा !

माधवका मन्त्री एमसीसीका पक्षमा !



माधव नेपाल नेतृत्वको नेकपा समाजवादीले एमसीसीविरुद्ध संसद्मा मतदान गर्ने निर्णय लिएको भए पनि उक्त पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने तीन मन्त्रीहरूले पार्टी निर्णयविपरीत अनुमोदनको पक्षमा मतदान गर्ने विश्वास प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।

मन्त्रीहरू प्रेम आले, किसन श्रेष्ठ र रामकुमारी झाँक्रीले एमसीसीका पक्षमा मतदान गर्ने वचन दिएपछि प्रधानमन्त्री देउवा विश्वस्त हुन पुगेका हुन् ।

सूर्य चिन्हबाट चुनाव लडि प्रतिनिधिसभामा विजयी सांसद हृदयेश त्रिपाठी र अर्का सांसद बृजेशकुमारले पनि अनुमोदनकै पक्षमा मतदान गर्ने विश्वास गरिएको छ ।

उता नेकपा एमालेका सांसदहरू भीम रावल, घनश्याम भुसाल, झपट रावल, प्रेम तुलाचन र पवित्र खरेललगायत पाँचदेखि बढीमा सात जनाले अनुमोदनको विपक्षमा मतदान गर्न सक्ने अनुमान छ ।