प्रहरीको जवाफी कारबाहीमा एक भारतीय गाँजा तस्करको मृत्यु

प्रहरीको जवाफी कारबाहीमा एक भारतीय गाँजा तस्करको मृत्यु


  • symbolic image

प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ ।

बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाँजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका-२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागेर नाम नखुलेका एक गाँजा तस्करको मृत्यु भएको बताइएको छ ।

प्रहरी प्रवक्ता राजेश थापाका अनुसार भारतीय नागरिकलाई कम्मरमा गोली लागि घाइते भइ उपचारका लागि कलैया अस्पताल पुऱ्याइएकोमा निजको राति १ बजेर ३० मिनेटमा मृत्यु भएको हो ।

प्रहरीको जवाफी फायरपछि तस्करले गाँजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी रहेका छन् ।

मृतकको शवलाई चाहिँ प्रदेशिक अस्पतालमा राखिएको छ ।