एमसीसीको पक्षमा उभिएको भन्दै रामकुमारी झाँक्रीको राजीनामा मागियो

एमसीसीको पक्षमा उभिएको भन्दै रामकुमारी झाँक्रीको राजीनामा मागियो


पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनुपर्ने नकपा (एस)का कार्यकर्ताले माग गरेका हुन् ।

काठमाडौंमा बुधबार सम्पन्न एकीकृत समाजवादीनिकट विभिन्न २२ वटा संगठनहरूको संयुक्त बैठकमा बोलेका अधिकांशले मन्त्रीबाट झाँक्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, वरिष्ठ पत्रकारसमेत रहेका सो पार्टीका नेता शम्भु श्रेष्ठ, नरेश शाहीसहितले पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा उभिएकी पार्टी सचिवसमेत रहेकी झाँक्रीले मन्त्री पदबबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।