एल्डर्शट, यूके । यस बर्षको जीसीएस्सीमा उतकृष्ट सफलता हासिल गरेकी स्वेक्षा वास्तोला जसले ११ विषयमा स्टार ल्याएकी थिईन् भने उनकै पछि-पछि उनकै वालकाल र सानै कक्षाबाटसंगै पढ्दै आएकीसाथी, अल्डर्शट स्थायी बसोबास र नेपाल चितवन निवासी हरि र विमला भट्टराईकी छोरी निश्ता भट्टराईले पनि आफ्नो स्कूलको अग्रप.क्तिमा नाम चढाउँदै ५ विषयमा ए स्टार, ५ विषयमा ए र १ विषयमा बी ल्याएकी छिन् ।यसरी दुई नेपाली छोरीले स्थानीयहरूलाई पछाडि पार्दै नेपालीहरूका शान बढाएका छन् ।
यी दुवै छोरी अल्डर्शट फेमिली फोरम परिवारका भएकाले फोरमका तर्फबाट दुवै जनालाई बधाई, शुभ-कामना र हौसला दिन २४ तारिखका दिन गोर्खा राजदूत रेष्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमा फोरमका सबै २० परिवारका सदस्य सहभागी थिए । कार्यक्रममा उनीहरूको सफलतामा अभिभावकले के कस्तो भूमिका अपनाए र सफल भयो भन्नेमा स्वेक्षाका आमाबुवा रूचिला र रमेश वास्तोलाले खुलस्त पारेका थिए भने अन्य बालबालिक रूचिका साथ सुनिरहेका थिए । अन्तमा फोरमका वरिष्ट सदस्य प्रकाश राउत र श्रीमती मीना राउतले दुवै जनालाई फूलका गुच्छा र उपहार दिँदै भविष्यमा अझै राम्रो प्रगति होस् यसरी नै हाम्रो ईज्जत तिम्रो उज्जवल भविष्य देख्न पाऊँ भन्ने कामनासमेत दिए ।
प्रतिक्रिया