होउन्स्लो, लण्डन/ डी एस आई इन्टरटेन्मेन्टले ‘नेपाली साँझ २०१४’ आयोजना गर्दै छ, नेपालका चर्चित हास्य कलाकार सन्तोष पन्त र सिताराम कत्तेल ‘धुर्मुस’, गायक प्रमोद खरेल र गायिका सिन्धु मल्ल आफ्नो प्रस्तुती दिन लण्डन आइसकेका छन् ।, बेलायतको ४ शहरहरु अल्डरशट, अश्फोड, बेजिंगस्टोक र ह्यारोमा हुने आयोजक मधयेका एक सन्तोष गुरुङले जानकारी गराए ।, हिथ्रो एअरपोर्टमा अवोतरन गरेपस्चात होउन्स्लो अवोस्थित काठमाडौं जोनमा पत्रकार भेटघाट आयोजना गरी कार्यक्रमको बारेमा आयोजकले जानकारी गराएका थिए । गायक प्रमोद खरेल र गायिका सिन्धु मल्लले आफ्नो नयाँ पुरानो गीत पस्कने बताए । आफ्नो पहिलो बेलायता यात्रा भएकोले सबै बेलायता बासी नेपालीहरुले माया पाउने विश्वास गाएक प्रमोद खरेल व्यक्त गरे भने, त्यससैगरी यो आफ्नो द्वोस्रो पटक भएकोले पहिलाभन्दा अझ बढी दर्शकहरुले माया दिनेमा गायिका सिन्धु मल्ल ढुक्क भएको बताईन् । हास्य कलाकार सिताराम कत्तेल ‘धुर्मुस’ ले यो पल्ट आफूले बेलायतबासी नेपालीको लागि नयाँ चरित्र प्रस्तुत गर्ने बताए । बिहानको ४:३३ मा भालेको डाँकसगै आफू जन्मेकोले ‘भाले सोल्टी’ को नयाँ कनसेप्ट तयार पारेको उनले बताए । एउटा राम्रो प्यकेज भएकोले सम्पूर्ण दर्शकहरुले माया गर्ने भन्ने आयोजकमध्ये एक रंजिता मल्लाले बताईन् । आफूलाई पायक परेका स्थानमा आएर भरपुर मनोरञ्जन लिन आउन डीआईएस इन्टरटैनमेन्टले बेलायतबासी नेपालीहरुलाई सोही भेलामा आग्रह गरेका छन् ।
प्रतिक्रिया