एमसीसीबारे संस्थागत निर्णय गर्न प्रचण्डलाई प्रधानमन्त्री देउवाको अल्टिमेटम

एमसीसीबारे संस्थागत निर्णय गर्न प्रचण्डलाई प्रधानमन्त्री देउवाको अल्टिमेटम


file photo

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी बारे संस्थागत धारणा बनाउन नेकपा माओवादी केन्द्रलाई अल्टिमेटम दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शुक्रबार भएको भेटमा प्रधानमन्त्री देउवाले एमसीसीबारे संस्थागत धारणा बनाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले आज (शनिबार) दिउँसो तीन बजेसम्ममा पार्टीको संस्थागत धारण सार्वजनिक गर्न प्रचण्डलाई अल्टिमेम पनि दिएका छन् ।

प्रधानमन्त्रीको अल्टिमेमपछि प्रचण्डले आजै पार्टीमा छलफल चलाउने प्रतिबद्धता जनाएका छन् । स्रोतका अनुसार उनले आजै पार्टीमा छलफल चलाएर निर्णय लिने बताएका छन् ।