प्रधानमन्त्री देउवा र एमाले अध्यक्षबीच आज पुनः भेटवार्ता हुँदै

प्रधानमन्त्री देउवा र एमाले अध्यक्षबीच आज पुनः भेटवार्ता हुँदै


file photo

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज फेरि भेटवार्ता हुने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा थप छलफल गर्ने गरी भेटवार्ता हुन लागेको हो ।

प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई उनकै निवास बालकोटमा भेट्ने कार्यक्रम तय भएको स्रोतको भनाइ छ । भेटघाट ३ बजेपछि हुने बताइएको छ ।

केही दिनयता प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्ष दलका नेता ओलीबीच पटकपटक भेटवार्ता भइरहेको छ । यसअघि भएका भेटवार्ताका विषयलाई निश्कर्षमा पुर्याउने गरी आज पुनः भेटघाट हुन लागेको जनाइएको छ ।

कतिपयले प्रधानमन्त्री देउवाले दर्शाएको ‘भेटघाट-सक्रियता’लाई प्रचण्ड-माधवहरुलाई गलाउन चालिएको कदमको रुपमा पनि विश्लेषण गरेका छन् ।