प्रचण्ड र माधव नेपाललाई संकेत गर्दै बाबुराम भट्टराईले भने- भेँडाको खोल ओढ्ने ब्वाँसा !

प्रचण्ड र माधव नेपाललाई संकेत गर्दै बाबुराम भट्टराईले भने- भेँडाको खोल ओढ्ने ब्वाँसा !


जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई ‘भेँडाको खोल ओढ्ने ब्वाँसा’को संज्ञा दिएका छन् ।

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट अनुमोदन गर्ने विषयमा प्रचण्ड र नेपालले दोहोरो भूमिका निर्वाह गरेपछि भट्टराईले यस्तो कटाक्ष गरेका हुन् ।

‘कुनै पनि राजनीतिक/सामाजिक मुद्दामा पक्ष र विपक्ष हुनु स्वाभाविक कुरा हो, पक्ष र विपक्षमा हुने दुवैले आफ्नो सोंचरनिष्ठाको धर्म निर्वाह गर्छन्,’ भट्टराईले आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘तर आफ्नो निजी/दलीय/गुटीय स्वार्थनिम्ति दोहोरो भूमिका खेल्नेहरू समाजका दुश्मन हुन् ! भेँडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक हुन्छन् भन्ने बुझौँ !’

एमसीसीलाई सत्तारुढ दलहरु विभाजित भएपछि भट्टराईले निजी स्वार्थको लागि नेताहरुले दोहोरो भूमिका खेलेको आरोप लगाएका हुन् ।

सत्तारुढ दलमध्ये अहिलेसम्म नेपाली कांग्रेस मात्र एमसीसी हालकै अवस्थामा संसदबाट अनुमोदन गर्ने पक्षमा उभिएको छ ।