एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय

एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय


file photo

‘व्याख्यात्मक टिप्पणी’को आवरणमा लाज ढाक्ने प्रयास !

नेकपा माओवादी केन्द्रले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । प्रचण्ड निवास खुमलटारमा आइतबार बिहान बसेको माओवादी केन्द्रको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन गर्ने निर्णय गरेको हो ।

माओवादीले एमसीसी अनुमोदन गर्ने निर्णय गरेलगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

आइतबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु हुँदैछ । यसअघि विपक्षमा उभिँदै आएको माओवादी केन्द्र पनि अन्ततः पक्षमा मतदान गर्ने निर्णयमा पुगेको हो ।

शुरुमा एमसीसी संसदमा टेबुल हुनै नदिने भनेको माओवादीले आफ्नो अडान छोड्दै ‘व्याख्यात्मक टिप्पणी’को आवरणमा एमसीसी पास गर्ने निर्णय लिएको सन्दर्भमाथि सामाजिक सञ्जालमा रोचक घोचक ब्यंग्यात्मक टीकाटिप्पणी भएका छन् ।