आज बस्ने संसदको दोस्रो सेसनमा एमसीसी पास हुने रामचन्द्र पौडेलको दाबी

आज बस्ने संसदको दोस्रो सेसनमा एमसीसी पास हुने रामचन्द्र पौडेलको दाबी


‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी पारित गर्ने गठनबन्धको निर्णय

सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबात पारित गर्ने निर्णय गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

एमसीसी इन्डोप्यासिफिक रणनीतिअनुसार नरहेको, नेपालको संविधानभन्दा माथि नरहेको र यो विशुद्ध आर्थिक विकास सहयोगको रुपमा मात्र बुझ्छौँ भनेर व्याख्या गर्दै पारित गर्ने निर्णय गरेको पौडेलको भनाइ छ ।

आज आइतबार बस्ने प्रतिनिधिसभाको दोस्रो चरणको बैठकबाट एमसीसी पारित गर्ने जानकारी दिँदै उनले भनेका छन्, ‘आजै दोस्रो सेसनमा पारित हुन्छ ।’

एमसीसी पारित गराउन पनि एमालेको सकारात्मक भूमिका रहने नेता पौडेलले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, नेतात्रय रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।