सैलुनभित्र देहव्यापारको ऱ्याकेट : भारतमा नेपाली युवा पक्राउ

सैलुनभित्र देहव्यापारको ऱ्याकेट : भारतमा नेपाली युवा पक्राउ


मुम्बइ-भारतीय प्रहरीले मुम्बइको एउटा सैलुनबाट एक ३० वर्षीय नेपाली युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुम्बइको प्रिया रेसिडेन्सी खारघरका मणी धनु अधिकारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी मुम्बईमा बसोबास गर्दै आएको मुम्बई प्रहरीले जनाएको छ ।

मुम्बई प्रहरीको अपराध शाखाले अधिकारी पक्राउ परेको सैलुनबाट तीन महिलाको उद्धार गरेको जनाएको छ ।

पक्राउ परेका व्यक्तिमाथि युनिसेक्स सैलुनभित्र देहव्यापारको ऱ्याकेट चलाएको आरोप लागेको छ । सैलुनका मालिकसहित अन्य तीन आरोपितको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

सो सैलुनभित्र देहव्यापार चलिरहेको आशंका मुम्बई प्रहरीले गरेको छ ।