संसदमा एमसीसीसम्बन्धी सैद्धान्तिक छलफल सकिएको छ । छलफल सम्पन्न गरिएसँगै आजै (आइतबार) साँझ ६ः३० बजे हुने संसदको अर्को बैठकमा एमसीसीसम्बन्धी मतदान गरिने तयारी छ ।
एमसीसीका सम्बन्धमा सत्तारुढ गठबन्धनले ल्याएको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद् बैठकबाट पास गरिने र त्यसकै आधारमा संसदमा एमसीसीमाथि मतदान हुने बुझिएको छ ।
सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, मााओवादी र समाजवादी दलले एमसीसीमाथि मतदान गर्ने सहमति गरिसकेका र आजै संसदबाट एमसीसी पारित हुने लगभग निश्चित मानिएको छ ।
प्रतिक्रिया