एमसीसी सम्झौता संसदबाट पारित

एमसीसी सम्झौता संसदबाट पारित


प्रनिनिधिसभाबाट एमसीसी सम्झौता पारित भएको छ ।

सम्झौतालाई सभामुख अग्नि सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।

आइतबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो ।