एमसीसी राष्ट्रघाती ठहरिए चार पाटा मुडेर मलाई थानकोट कटाइदिनु : गगन थापा

एमसीसी राष्ट्रघाती ठहरिए चार पाटा मुडेर मलाई थानकोट कटाइदिनु : गगन थापा


photo: rss

नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी राष्ट्रघाति नभएको दाबी गरेका छन् । उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन चुनौती दिएका छन् ।

‘एमसीसी राष्ट्रघाती होइन, यहाँ भ्रम फैलाइएको छ । नक्कली राष्ट्रवादीहरूले जनता उचालेका छन् । म असली राष्ट्रवादी हो । देशका लागि मर्न तयार छु’, उनको भनाइ छ ।

प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको एमसीसीबारेको ब्याख्यात्मक टिप्पणीका विषयमा बोल्दै उनले यो राष्ट्र्घाती भए पाँच वर्षपछि आफूलाई चारपाटे मुड्न चुनौती दिएका छन् । उनले आफूहरूले गल्ती नगरेको र जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

एमसीसीका बारेमा भ्रम छरेर गलत प्रचार गरिएको उनले जिकिर गरे ।

थापाले एमसीसी पास गरेपछिको १२ वर्ष एक महिनाको समयमा मन्त्री भएकाहरुले एमसीसीलाई राष्ट्रघात भन्नुभन्दा पहिला हेक्का गर्नुपर्ने तर्क गरे ।

आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीबारेको व्याख्यात्मक घोषणामा छलफल गर्दै १२ वर्ष एक महिनाको समयमा मन्त्रिपरिषदमा बसेका मन्त्रीहरुले यसलाई राष्ट्रघाती भन्नु भन्दा पहिला ख्याल गर्नुपर्ने उनको भनाइ थियो ।

‘यो सम्झौता राष्ट्रघाती भन्नु भन्दा पहिला एक पटक ख्याल गरौं होइन भने केही समयअघि मन्त्रीजीले म क्याबिनेटमा थिए तर त्यो दिन मेरो पेट दुखेको थियो भनेको जस्तै अरुले पनि मैले त्यो दिन भाङ खाएको थिएँ, म सुरमा थिइनँ भन्ने अवस्था आउँछ ।’