मोटरसाइकल र माइक्रो ठोक्किँदा आगलागी, पाँच जना घाइते

मोटरसाइकल र माइक्रो ठोक्किँदा आगलागी, पाँच जना घाइते


दाङको बेल्झुन्डीमा मोटरसाइकलसँग ठोक्किँदा हायस माइक्रोमा आगो लागेको छ ।

आइतबार राति करिब ९ बजेको समयमा दाङको बेल्झुन्डीमा हायसमा मोटरसाइकल ठोक्किँदा आगलागी भएको स्थानीयले बताएका छन् । घटनामा ५ जना घाइते भएका छन् भने गाडी जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आगलागी भएको निकै बेरसम्म पनि दमकल र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स नआएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।