मेटियो देउवाचोक, स्थानीयले शुरु गरे ‘देउवा मेट्ने’ अभियान !

मेटियो देउवाचोक, स्थानीयले शुरु गरे ‘देउवा मेट्ने’ अभियान !



प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट एमसीसी अनुमोदन गराएको भोलिपल्टै बुढानिलकण्ठका बासिन्दाहरूले आफ्नो वरिपरि देउवाको नामबाट चिनिने सबै चिनोहरू सँधैका निम्ति मेट्ने अभियान चलाएका छन् ।

सबभन्दा पहिले सोमबार (फागुन १६, २०७५) स्थानीय बासिन्दाले ‘देउवा चोक’ मेटेर साविकको पञ्चकन्या मार्ग पुनर्स्थापित गरेका छन् । उनीहरूले देउवा चोक लेखिएको बोर्ड हटाएर ‘कृष्णपाटी चोक पञ्चकन्या मार्ग’ भन्ने बोर्ड लगाएका छन् ।

प्रधानमन्त्री देउवाले संसदबाट एमसीसी अनुमोदन गराएको भोलिपल्टै बुढानिलकण्ठका बासिन्दा देउवा चोकको साइनबोर्ड फेर्न आतुर देखिएका थिए भने ‘देउवा चोक’ लेखिएको बोर्ड हटाएर उनीहरूले ‘कृष्णपाटी चोक पञ्चकन्या मार्ग’को सङ्केत पाटी टाँगेका हुन् ।

देउवाले जबर्जस्ती एमसीसी लादेर नेपाल र नेपालीको विश्वास र स्वाभिमानसँग खेलबाड गरेको हुँदा उनको नामबाट चिनिएका र भविष्यमा रहनसक्ने सबै चिनोहरूलाई विस्थापित गरिने एकीकृत शक्ति नेपालका युवा तथा खेलकुद विभाग प्रमुख समेत रहेका बुढानिलकण्ठनिवासी नमराज भण्डारीले जानकारी दिए ।