विप्लवका कार्यकर्ताद्वारा आफ्नै नेतालाई मोसो र चप्पलको माला !

विप्लवका कार्यकर्ताद्वारा आफ्नै नेतालाई मोसो र चप्पलको माला !


  • तौलिहवा प्रतिनिधि

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ बरवामा विप्लवनेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नै नेतालाई मोसो र चप्पलको माला लगाएको छ ।

विप्लवका कार्यकर्ताले बाणगंगा नगरपालिकाका पूर्व सेक्रेटरी एवम् गुल्मीका मालारानी गाउँपालिकाका विक्रान्त भनिने प्रशान्त विकलाई विभिन्न आरोपमा कालोमोसो र चप्पलको माला लगाएको बाणगंगा नगरपालिकाका नगर सेक्रेटरी शेरमानले बताए ।

विक्रान्तलाई पार्टीले २०७६ साल कार्तिकमा बाणगंगा नगरको नगर सेक्रेटरीको जिम्मेवारी दिइएको थियो । जिम्मेवारी पाएपछि उनले पार्टीको नाममा विभिन्न ठाँउबाट रकम असुल्ने, परदर्शिता नदेखाउने र रकम हिनामीना गर्ने आरोपमा उहाँलाई सो सजाय दिएको सेक्रेटरी शेरमानले जानकारी दिए । उनले साथीभाइसँग सरसापटी लिएको पैसा हिनामिना गरेको आरोपमा उनलाई २०७७ सालमै पार्टीले कार्यवाही गरेको उनले बताए ।

स्थानीय तहको चुनावको तयारी सुरु भएसँगै कपिलवस्तुमा विप्लव समूहका गतिविधि सुरु हुन थालेका छन् ।