लण्डन । “अहिले न गरे कहिले गर्ने, हामीले न गरे कसले ?” भन्ने नराका साथ बेलायतको बिभिन्न शहरहरुमा संगीतिक क्रायक्रम “हिमाल साँझ” हुने भएको छ। उक्त क्रायक्रममा सहभागी हुन इन्डियन आइडल बिजेता प्रशान्त तमाङ र चर्चित हास्ये कलाकार मनोज गजुरेल आफ्नो प्रस्तुती दिन लण्डन आईसकेका छन् । ग्रीनफोडस्थित गोर्खा स्पाईसमा पत्रकार भेटघाट आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराईएको थियो।
कार्यक्रमबाट उठेको केही रकम सुनकोसीका बाढी पीडितलाई उपलब्ध गराईने आयोजले बताए । इन्डियन आइडल प्रशान्त तमाङले आफ्नो चर्चित गीतहरु पस्कने बताये भने, हास्ये कलाकार मनोज गजुरेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरने तथा प्रचन्ड साधु भए, कस्तो देखिने, सुन्निने भन्ने बिषय उठान गर्ने बताए, बेलायती दर्शकले सदैब माया, साथ र सहयोग गरेको हुनाले यो पल्ट पनि तेही माया पाउने आशामा रहेको अभिव्यक्ति कलाकारले प्रकट गरे, आयोजकहरुले सम्पूर्ण बेलायताबासी नेपालीलाई क्रायक्रमलाई सफल बनाउन अनुरोध गरेका छन्।


[youtube]http://www.youtube.com/watch?v=NV9GHkIDIVA[/youtube]
तस्वीर: एभरेष्ट गौतम
प्रतिक्रिया