एमसीसीविरुद्ध ‘आन्दोलित’ विप्लव र ‘असन्तुष्ट’ नारायणकाजी श्रेष्ठबीच भेटघाट

एमसीसीविरुद्ध ‘आन्दोलित’ विप्लव र ‘असन्तुष्ट’ नारायणकाजी श्रेष्ठबीच भेटघाट


संसदबाट एमसीसी अनुमोदन गरिएको विषयमा प्रचण्डसँग असन्तुष्ट रहेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका हुन् । दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बुझिएको छ ।

प्रचण्डले एमसीसी पास गरेको श्रेय आफूले लिँदै विरोधमा रहेका श्रेष्ठलाई कटाक्ष गरिरहेको बेला एमसीसीकै विरोधमा आन्दोलित विप्लव नेता श्रेष्ठलाई भेट्न उनको निवास पुगेका हुन् ।

एमसीसी संशोधनविना अनुमोदन गर्न नहुने बताउँदै आएका श्रेष्ठ र एमसीसीबाट आउने अनुदान नेपालमा ल्याउनै नहुने धारणा राख्दै आएका विप्लवबीच एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको चौैथो दिन भेटवार्ता भएको हो । यस भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।