एमसीसीलाई ‘नोट’ गर्‍यो अमेरिकाले

एमसीसीलाई ‘नोट’ गर्‍यो अमेरिकाले


प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन वार्ता

नेपालको संसद्ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गरेको विषयलाई अमेरिकाले नोट गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनि ब्लिन्केनबीच मंगलबार साँझ भएको टेलिफोन वार्तामा अमेरिकाले एमसीसीबारे नोट गरेको हो ।

टेलिफोन वार्तामा विदेशमन्त्री ब्लिन्केनले एमसीसीसँग नेपालको अघि बढ्ने निर्णयले नेपालमा रोजगारी, पूर्वाधार र नेपाली जनताको जनजीवनमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभएकाको अमेरिकी विदेश मन्त्रालयलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा विदेशमन्त्री ब्लिन्केनले नेपाल र अमेरिकबीच कूटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको स्मरण गर्नुभएको थियो भने दुई देशका नेताबीच युक्रेन संकटलगायतका विषयमा छलफल भएको थियो ।

नेपालस्थित अमेरिकी राजदूतावासले जनाएअनुसार कुराकानीका क्रममा वहाँहरूले रूसले युक्रेनमाथि गरेको अकारण र सुनियोजित हमला समेत संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख राज्यहरूको सार्वभौमिकता र अखंडताका सिद्दान्तहरूको सम्मान लगायतका विषयमा छलफल गर्नुभयो ।

सोही क्रममा विदेशमन्त्री ब्लिंकेनले नेपाल र अमेरिकाबिचको ७५ वर्ष लामो अटुट सम्बन्धका विविध पक्षहरूमाथि चर्चा गर्नुहुँदै हालसालै मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)मा अघि बढ्न नेपालले गरेको निर्णयले बिद्युतीय प्रसारण लाइन र सडक परियोजनासँग रोजगारी सृजना, पूर्वाधार निर्माण, तथा नेपालीहरूको जीवनस्तर उन्नतिमा भूमिका खेल्ने बताउनुभयो । कुराकानीकै क्रममा नेताद्वयबिच कोरोना महामारी र जलवायु परिवर्तनका असरहरूविरूद्धको लडाइँलाई अझै सशक्त बनाउने सहमति भएको छ।