‘आइएमई पे’बाट यती एयरलाइन्सको टिकट काट्दा निःशुल्क प्राप्त हुने मौका

‘आइएमई पे’बाट यती एयरलाइन्सको टिकट काट्दा निःशुल्क प्राप्त हुने मौका



‘आइएमई पे’ले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । ‘आइएमई पे’ एपका प्रयोगकर्ताहरूले यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा ‘लक्की ड्र’मार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यहरूका लागि निःशुल्क उडान टिकट पाउने छन् । यो योजना फाल्गुन १२ गतेदेखि कार्यान्वयनमा आएको र २ महिनासम्म कायम रहने बताइएको छ ।

हरेक वर्ष हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको सङ्ख्या बढिरहेको देखिन्छ । यात्रुहरूलाई सुलभ एवम् सहज हवाई यात्राका लागि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यका साथ आइएमई पे र यती एयरलाइन्सवीच यो समझदारी बनेको कम्पनीले जनाएको छ । निःशुल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अति महत्त्वपूर्ण स्थानहरू रहेका छन् । यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवर्द्धनमा योगदान पुऱ्याउने विश्वास लिइएको छ ।

आइएमई पे मोबाइल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरुले मात्र सो अफरमा सहभागि हुन पाउनुहुनेछ । सो अफर सिमित अवधिको लागि मात्र चल्ने छ । अफर अवधिभरी ४ जना भाग्यशाली बिजेताहरु छानिनेछन्, जस मध्ये हरेक बिजेताले २ जनाको लागि प्रस्थान र आगमनको टिकट जित्नेछन् । भाग्यशाली बिजेताहरुले उल्लेखित गन्तब्य मध्ये एउटा रोज्न पाउने जनाइएको छ ।