माओवादीभित्रको अन्तर्विरोधलाई अतिरञ्जित ढङ्गले नबुझ्न आग्रह

माओवादीभित्रको अन्तर्विरोधलाई अतिरञ्जित ढङ्गले नबुझ्न आग्रह


नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको मतभेदलाई अतिरञ्जित ढङ्गले नबुझ्न आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधिसभाबाट एमसीसी पारित भएसँगै उनी रुष्ट बनेका थिए । श्रेष्ठले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने बताउँदै आए पनि पार्टीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको थियो । उनी पक्षधरले विरोध गर्न थालेसँगै पार्टीअध्यक्ष प्रचण्डले पार्टी छाडेर गए पनि फरक नपर्ने खालको अभिव्यति दिएपछि माओवादीमा विवाद चुलिएको थियो ।

तर नेता श्रेष्ठले भने सञ्चारमाध्यमा विभिन्न ढंगले प्रचार भइरहेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।

‘हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तर्बिरोध लाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत विभिन्न ढङ्गले प्रचार भइरहेको सम्बन्धमा विषयलाई अतिरञ्जित ढङ्गले नबुझ्न सबैसँग अनुरोध गर्दछु’, बिहीबार साँझ सामाजिक सञ्जालमा उनले लेखेका छन्- ‘अध्यक्ष प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरुसँग पनि छलफल भैरहेको छ ।’